भजनसंग्रह99

1याहवेहले राज्य गर्नुहुन्छ;राष्ट्रहरू थरथर कामून्;उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ;पृथ्वी हल्‍लियोस्!2सियोनमा याहवेह महान् हुनुहुन्छ;उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ।3तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्—उहाँ पवित्र हुनुहुन्छ।
4राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ—तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ;तपाईंले याकोबमान्याय र धार्मिकता सम्पन्‍न गर्नुभएको छ।5याहवेह हाम्रा परमेश्‍वरलाई उच्‍च पार,र उहाँको पाउदानमा आराधना गर;उहाँ पवित्र हुनुहुन्छ।
6उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए,र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए;तिनीहरूले याहवेहलाई पुकारे,र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।7उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो;उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
8हे याहवेह, हाम्रा परमेश्‍वर,तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो;तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्‍वर हुनुहुन्थ्यो,यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।9याहवेह, हाम्रा परमेश्‍वरलाई उच्‍च पार,र उहाँको पवित्र पर्वतमा आराधना गर;किनकि याहवेह हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।