भजनसंग्रह98

एउटा भजन।

1याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;किनकि उहाँले अद्‌भुत कार्य गर्नुभएको छ;उहाँका दाहिने हात र पवित्र पाखुरालेउहाँको निम्ति विजयका कामहरू गरेका छन्।2याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ;र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।3उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम,र उहाँको विश्‍वासयोग्यता स्मरण गर्नुभएको छ;पृथ्वीका सम्पूर्ण सिमानाहरूलेहाम्रा परमेश्‍वरका मुक्तिलाई देखेका छन्।
4हे सारा पृथ्वी, आनन्दसाथ उच्‍च सोरले याहवेहको जयजयकार गर;सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;5वीणा बजाएर याहवेहको भजन गाओ!वीणा र सुमधुर गीतकासाथ,6तुरहीहरू र भेडाका सिङ फुकेर,राजा याहवेहको सामु आनन्दले जयजयकार गर!
7समुद्र र त्यसमा भएका सबै थोकले,संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।8नदीहरूका तरङ्गहरूले ताली बजाऊन्;पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;9तिनीहरूले याहवेहको सामु गाऊन्;किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।उहाँले संसारलाई धार्मिकताकोसाथर जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।