भजनसंग्रह100

प्रशंसाको भजन।

1हे सारा पृथ्वी, आनन्दको निम्ति याहवेहको जयजयकार गर!2हर्षकासाथ याहवेहको आराधना गर;आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ!3याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी जान।उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ;हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।
4धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस;र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर;उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!5किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ;उहाँको विश्‍वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।