भजनसंग्रह97

1याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्;टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।2उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ;धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।3आगो उहाँको अगि-अगि जान्छ,र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।4उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ;पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।5याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्,उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।6स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ,र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।
7मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू,सबै जना शर्ममा पर्नेछन्;हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!
8तपाईंकै न्यायको कारण हे याहवेह,सियोनले सुन्छ र आनन्दित हुन्छ;र यहूदाका गाउँहरू हर्षित हुन्छन्।9किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ;तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ।10याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्;किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छर तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ।11धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छर सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।12हे धर्मीहरू हो, याहवेहमा रमाहट गर;र उहाँका पवित्र नामको प्रशंसा गर!