भजनसंग्रह96
1याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;सारा पृथ्वीले याहवेहको निम्ति गाओ!2याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर;प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!3जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर,सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!4किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।5किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्,तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।6उहाँको सामु गौरव र वैभव छन्;उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।7हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!8याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ!9उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर;हे सारा पृथ्वी, उहाँको सामु थरथर काम।10जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।”संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन;उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।11आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्;समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!12खेत र त्यसमा भएका सबै कुरा उल्लासित होऊन्;जङ्गलका सारा रूखहरू आनन्दले गाऊन्।13सबै सृष्टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ;उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ,र आफ्नो विश्वसतासाथ मानिसहरूको न्याय गर्नुहुनेछ।