भजनसंग्रह95

1आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ;हाम्रा मुक्तिका चट्टानको निम्ति उच्‍च सोरले जयजयकार गरौँ!2धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
3किनकि याहवेह महान् परमेश्‍वर हुनुहुन्छ,सबै देवहरूमाथि महान् राजा।4पृथ्वीका गहिराइहरू उहाँको हातमा छ;र पर्वतका चुचुराहरू उहाँकै हुन्।5समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो,र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।
6आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ;याहवेह हाम्रा सृष्‍टिकर्ताको अगि घुँडा टेकौँ;7किनकि उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ;अनि हामी उहाँको खर्कका प्रजा रउहाँको रेख-देखमा रहेको बगाल हौँ।यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,8“तिमीहरूले मेरीबामा  गरेजस्तो आफ्नो हृदय कठोर नपार;जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा  गरेका थियौ,9जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे;तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।10चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ,र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्,र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’11यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ,‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”