भजनसंग्रह94

1हे याहवेह, बदला लिनुहुने परमेश्‍वर,हे बदला लिनुहुने परमेश्‍वर, चम्कनुहोस्!2हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्;अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्!3हे याहवेह, कहिलेसम्म दुष्‍टहरू,आखिर कहिलेसम्म दुष्‍टहरू उल्‍लासित भइरहून्?
4तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्;सबै कुकर्मीहरू घमण्डले भरिएका छन्।5हे याहवेह, तिनीहरूले तपाईंका प्रजालाई कुल्चीमिल्ची पार्छन्;तपाईंका उत्तराधिकारीहरूमाथि अत्याचार गर्छन्।6तिनीहरू विधवा र विदेशीहरूलाई मार्दछन्;अनाथहरूलाई हत्या गर्दछन्।7तिनीहरू भन्छन्, “याहवेहले देख्नुहुन्‍न;याकोबका परमेश्‍वरले चाल पाउनुहुन्‍न।”
8मानिसहरूका माझमा ए विवेकहीनहरूहो; केही त विचार गर,ए मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ?9जसले कान दिनुभयो के उहाँले सुन्‍नुहुन्‍न र?जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्‍न र?10के राष्ट्रहरूलाई अनुशासन गर्नुहुनेले दण्ड दिनुहुन्‍न र?के मानव-जातिलाई शिक्षा दिनुहुनेलाई ज्ञानको अभाव हुन्छ र?11याहवेहले मानिसका सबै योजनाहरू जान्‍नुहुन्छ;ती व्यर्थ हुन्, भनी उहाँ जान्‍नुहुन्छ।
12हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ,जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ;13दुष्‍टहरूका निम्ति खाडल नखनिएसम्मतपाईंले त्यसलाई कष्‍टका दिनमा आराम दिनुहुनेछ,14किनकि याहवेहले आफ्ना प्रजालाई तिरस्कार गर्नुहुनेछैन।उहाँले आफ्ना उत्तराधिकारीहरूलाई त्याग्नुहुनेछैन।15न्याय फेरि धार्मिकतामा स्थापित गरिनेछ,र सबै सोझो हृदय भएकाहरू त्यसको पछि लाग्नेछन्।
16दुष्‍टहरूका विरुद्धमा मसँग को उठ्नेछ?कुकर्मीहरूका विरुद्ध मेरो पक्षमा को खडा हुनेछ?17याहवेहले मलाई सहायता नगर्नुभएको भए,म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ।18जब मैले भनेँ, “मेरो खुट्टा चिप्लँदैछ”तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो।19जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो,तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
20के भ्रष्‍ट शासकहरू तपाईंसँग मिल्न सक्छन्,जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्?21तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्,र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्।22तर याहवेह मेरो किल्‍ला हुनुभएको छ,र परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।23उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ,र तिनीहरूका दुष्‍टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ;याहवेह हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।