भजनसंग्रह93
1याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ;याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ;निश्चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।2अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ;तपाईं अनन्तदेखि हुनुहुन्छ।3हे याहवेह, समुद्रहरू उर्लिआएका छन्,समुद्रहरूले आफ्नो गर्जन उच्च पारेका छन्;तिनका भयानक छालहरू उर्लिएका छन्।4महासमुद्रको गर्जनभन्दा शक्तिशाली,समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली—उच्चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।5हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्;अनन्तकालको निम्तितपाईंको भवन पवित्रताले सुसज्जित छ।