भजनसंग्रह92
एउटा भजन; विश्राम दिनको निम्ति एउटा गीत।
1याहवेहको प्रशंसा गर्नुर हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।2बिहान तपाईंको अचुक प्रेमकोर राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु,3दशतारे वीणाको सङ्गीतमार सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।4किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ;तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।5हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्!तपाईंका विचारहरू कत्ति गहन छन्!6विवेकहीन मानिसले यो जान्दैन,मूर्खले यो बुझ्न सक्दैन,7यद्यपि दुष्टहरू घाँसजस्तै मौलाउँछन्,र सबै कुकर्मीहरूको फलिफाप पनि हुन्छ,तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्ट पारिनेछन्।8तर तपाईं, हे याहवेह, सदासर्वदा उच्च हुनुहुन्छ।9किनकि, हे याहवेह, तपाईंका शत्रुहरू,तपाईंका शत्रुहरू निश्चय नै नष्ट हुनेछन्;सबै कुकर्मीहरू तितरबितर हुनेछन्।10तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ उच्च पार्नुभएको छ;उत्तम तेलले मेरो अभिषेक भएको छ।11मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्;मेरा कानले मेरा दुष्ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।12धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्;तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्;13तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्,हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।14बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्;तिनीहरू ताजा र हरिया भइरहनेछन्,15र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ;उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्टता छैन।”