भजनसंग्रह91
1जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ,त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।2म याहवेहको बारेमा भन्नेछु, “उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।”3निश्चय नै उहाँले तिमीलाईशिकारीको पासोबाटर घातक रूढीबाट बचाउनुहुनेछ।4उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ;र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ;उहाँको विश्वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।5तिमी रातको त्रासदेखि डराउनेछैनौ,न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,6न अन्धकारमा फैलिने रूढीदेखि,न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।7तिम्रो नजिक एक हजार जना ढल्नेछन्,तिम्रो दाहिने हाततिर दश हजार;तर त्यो तिम्रो नजिक आउनेछैन।8तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ,र दुष्टहरूको दण्ड देख्नेछौ।9यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,”र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने,10तिम्रो कुनै अनिष्ट हुनेछैन,तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।11किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाईतिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ;12तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्,ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।13तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ;जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।14याहवेह भन्नुहुन्छ, “उसले मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु;उसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म उसको रक्षा गर्नेछु।15उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु;उसका दुःखको घडीमा म उसँग रहनेछु;म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।16लामो आयु दिएर म उसलाई सन्तुष्ट पार्नेछुर म उसलाई मेरो मुक्ति देखाउनेछु।”