भजनसंग्रह87

एउटा गीत, कोरहका छोराहरूका भजन।

1याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।2याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँलेसियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।
3हे परमेश्‍वरको सहर,तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला4“मलाई स्वीकार गर्नेहरूमध्येराहाब  र बेबिलोनलाई म सूचीमा राख्नेछु—पलिश्ती, टायर र कूशलाई  समेतभन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”5वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ,“यो र त्यो त्यहीँ जन्मेका थिए,अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”6याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ:“यसको जन्म सियोनमा भएको हो।” सेला
7सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्:“मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।”