भजनसंग्रह86

सङ्कष्‍टमा दावीदको प्रार्थना।

1हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्;किनकि म असहाय र अभावग्रस्त छु।2मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ;तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ।तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ;3हे प्रभु, ममाथि दयालु हुनुहोस्;किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु।4आफ्नो सेवकलाई हर्षित पार्नुहोस्;किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु।
5हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।6हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्;दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्!7जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु;किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ।
8हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्‍वरहरू छैनन्;तपाईंका कार्यहरू अरू कुनै ईश्‍वरसँग तुलना गर्न सकिँदैन।9हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरूतपाईंको सामु आएर दण्डवत् गर्नेछन्;तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।10किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ;तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।
11हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्;ताकि म तपाईंको विश्‍वासयोग्यतामा भर पर्न सकूँ;मलाई एकाग्र मन दिनुहोस्,र म तपाईंको नामको भय मान्‍न सकूँ।12हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु।13किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ;तपाईंले मेरो जीवनलाईपातालको गहिराइबाट छुटाउनुभएको छ।
14हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्;निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्—ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्।15तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्‍वर हुनुहुन्छ;रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।16मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्;आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्,र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्!किनकि म तपाईंको सेवा गर्दछु।17तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्;र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्;किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।