भजनसंग्रह88
एउटा गीत, कोरहका छोराहरूको भजन, सङ्गीत निर्देशकको निम्ति—महलत लिन्नोत लयमा आधारित, एज्रीका हेमानको मस्किल।
1हे याहवेह, तपाईं नै त्यो परमेश्वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ;दिनरात म तपाईंलाई पुकार्दछु।2मेरो प्रार्थना तपाईंको सामु पुगोस्;मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!3किनकि मेरो प्राण पीडाले भरिएको छर मेरो जीवन चिहानको नजिकै पुगेको छ।4चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ;म शक्तिविहीन मानिसझैँ भएको छु।5म मरेकाहरूसितै छुट्ट्याइएको छु,मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्,जसलाई तपाईं कहिल्यै सम्झनुहुन्न;जो तपाईंको वास्ताबाट त्यागिएका छन्।6तपाईंले मलाई चिहानको तल्लो भागमा,अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।7तपाईंको क्रोधले मलाई दबाएर राखेको छ;तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला8मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ;तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ।म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;9शोकले मेरा आँखाहरू धमिला हुन्छन्।हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु;म मेरा हात तपाईंतिर पसार्दछु।10के मृतकहरूलाई तपाईं आफ्ना अद्भुत कार्यहरू देखाउनुहुन्छ?के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला11के तपाईंको अचुक प्रेम चिहानमा,तपाईंको विश्वसताको मृत-लोकमा घोषणा गरिन्छ?12के तपाईंको अद्भुत कार्यहरू अन्धकारको स्थानमा,अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?13हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु;बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।14हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ?अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?15मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु;तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।16तपाईंको क्रोध ममाथि खनिएको छ;तपाईंका त्रासहरूले मलाई नष्ट पारेका छन्।17तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्;तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।18तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ—अन्धकार मेरो नजिकको मित्र बनेको छ।