भजनसंग्रह85
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन।
1हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ;तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।2तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ;तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला3तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो;र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो।4हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्,र हामीप्रतिको तपाईंको अप्रसन्नता हटाइदिनुहोस्!5के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ?के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ?6के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्न,ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्?7हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्,र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!8याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु;उहाँले आफ्ना प्रजाहरू,र आफ्ना विश्वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ—तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।9निश्चय नै उहाँको भय मान्नेहरूको नजिकै उहाँको मुक्ति छ;ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्।10अचुक प्रेम र विश्वासयोग्यता आपसमा मिल्छन्;धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।11पृथ्वीबाट विश्वासयोग्यताको अङ्कुर निस्कन्छ,र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।12जे असल छ, याहवेहले त्यही दिनुहुनेछ;र हाम्रा जमिनले फसल उमार्नेछ।13धार्मिकता उहाँको अगि-अगि जानेछर उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।