भजनसंग्रह84
सङ्गीत निर्देशकको निम्ति, गित्तित, कोरहका छोराहरूको भजन।
1हे सेनाहरूका याहवेह!तपाईंको वासस्थान कति मनोहर छ,2याहवेहको मन्दिरका चोकहरूको निम्तिमेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ;मेरो हृदय र मेरो शरीर दुवैलेजीवित परमेश्वरको पुकार गर्दछ।3हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्वर,तपाईंका वेदीको नजिकभँगेरीले पनि घर पाउँछे,अनि गौँथलीले गुँड पाउँछे,जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे।4तपाईंको वासस्थानमा बस्ने धन्यका हुन्;तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्। सेला5तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ;जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।6तिनीहरू बाकाको बेँसीबाट भएर जाँदा,तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्;शरद ऋतुको वर्षाले त्यहाँ आशिष् हुँदछ।7तिनीहरूले बलमाथि बल प्राप्त गर्दै जान्छन्;जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामु उपस्थित हुँदैनन्।8हे याहवेह सेनाहरूका परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;हे याकोबका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! सेला9हे परमेश्वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्;तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्टि गर्नुहोस्!10तपाईंको मन्दिरको चोकमा एक दिनअरू ठाउँको हजार दिनभन्दा उत्तम छ;दुष्टहरूका पालहरूमा बस्नुभन्दा त,बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ,11किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ;याहवेहले निगाह र इज्जत दिनुहुन्छ;सत्य मार्गमा हिँड्नेहरूलाईयाहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्न।12हे सेनाहरूका याहवेह,तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।