भजनसंग्रह83
एउटा गीत, आसापको भजन।
1हे परमेश्वर, तपाईं मौन नरहनुहोस्;हे परमेश्वर, आफ्नो कान नथुन्नुहोस्;तपाईं निष्क्रिय नहुनुहोस्!2हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्,तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्।3तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्;तिनीहरू तपाईंले अनमोल ठान्नुभएकाहरूको विरुद्धमा मतो गर्छन्।4तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ;ताकि इस्राएल भन्ने नामको सम्झना नै नरहोस्!”5तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्;तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्—6एदोमीहरू र इश्माएलीहरूका पालहरू,मोआबीहरू र हग्रीहरू,7गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू,पलिश्तीहरू र टायरका निवासीहरू।8लोतका सन्तानलाई सशक्त पार्न,अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला9मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्,कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्,10जो एन्दोरमा नाश पारिएका थिए,र जमिनमा फोहोर भएका थिए।11तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ,राजकुमारहरूलाई जेबह र सल्मुन्नाजस्तै बनाउनुहोस्;12जसले भने, “हामी परमेश्वरका खर्कलाईकब्जा गरौँ।”13हे मेरा परमेश्वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ,बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्!14जसरी आगोले जङ्गल भस्म पार्छ,र ज्वालाले पहाड जलाउँछ,15त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस्र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!16तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह,तिनीहरूले तपाईंको नामको खोजी गरून्।17तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्;तिनीहरू अपमानमा नष्ट होऊन्।18तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो—तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च परमेश्वर हुनुहुन्छ।