भजनसंग्रह82
आसापको भजन।
1परमेश्वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ;“देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।2कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ?र दुष्टहरूको पक्ष लिइरहन्छौ? सेला3दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ;गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!4दुर्बल र गरिबहरूलाई छुटाओ;दुष्टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!5“तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्;तिनीहरू अन्धकारमा यताउता डुल्छन्;पृथ्वीका सारा जग नै डगमगाएका छन्।6“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ;तिमीहरू सबै सर्वोच्च परमेश्वरका छोराहरू हौ।’7तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ;अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”8हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्;किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।