भजनसंग्रह81
सङ्गीत निर्देशकको निम्ति, गित्तित, आसापको भजन।
1परमेश्वरका लागि, आनन्दले गाओ, जो हाम्रो बल हुनुहुन्छ;उच्च सोरले याकोबका परमेश्वरको जयजयकार गर!2सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ,मधुर सितार र वीणा बजाओ!3औँसी र पूर्णिमाको रातमा हुने,हाम्रो चाडमा भेडाको सिङबाट बनेको तुरही बजाओ।4इस्राएलको निम्ति यो एउटा आदेश हो,याकोबका परमेश्वरको यो एउटा विधि हो।5जब परमेश्वर इजिप्टको विरुद्ध उठ्नुभयो,उहाँले योसेफको निम्ति यो एउटा कानुनको रूपमा स्थापित गर्नुभयो।मैले एउटा अज्ञात आवाजले यसो भनेको सुनेँ:6“मैले तिनीहरूका काँधबाट बोझ हटाइदिएँ;डोकाको बोझबाट तिनीहरूका हात मुक्त भए।7दुःखमा पर्दा तिमीहरूले पुकार्यौ, र मैले तिमीहरूलाई छुटाएँ;मैले मेघ गर्जनबाट तिमीहरूलाई उत्तर दिएँ;मैले मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरेँ। सेला8हे मेरा प्रजा सुन, म तिमीहरूलाई चेतावनी दिनेछु—हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको भए त!9तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन;तिमीहरूले मबाहेक कुनै देवतालाई दण्डवत् गर्नुहुँदैन।10म याहवेह नै तिमीहरूका परमेश्वर हुँ,जसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ,तिमीहरूका मुख पूरा खोल, र म त्यो भरिदिनेछु।11“तर मेरा प्रजाले मैले भनेको सुन्दैनन्;इस्राएलले मेरो अधीनमा रहन मान्दैनन्।12यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनी मैले तिनीहरूलाईतिनीहरूकै हृदयको जिद्दीमा छोडिदिएँ।13“मेरा प्रजाले मेरा कुरा सुनेका भए त,इस्राएल मेरो मार्गमा हिँडेको भए त,14म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ,र तिनीहरूका दुश्मनहरूका विरुद्धमा मेरो हात उठाउनेथिएँ!15याहवेहलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्चिँदै लत्रक्क पर्नेथिए,र उनीहरूको दण्ड सदाकाल रहनेथियो।16तर तिमीहरूलाई सबैभन्दा सर्वोत्तम गहुँ खुवाउनेथिएँ;र चट्टानमा बनेको महले म तिमीहरूलाई तृप्त पार्नेथिएँ।”