भजनसंग्रह71
1हे याहवेह, मैले तपाईंमा शरण लिएको छु;मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्!2तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्;तपाईंको कान मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्!3तपाईं मेरो आश्रयको चट्टान बन्नुहोस्,जहाँ म सधैँ जान सकूँ;मलाई बचाउने आज्ञा दिनुहोस्;किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ।4हे मेरा परमेश्वर, मलाई दुष्टहरूका हातबाट,अन्यायी र निर्दयी मानिसहरूका पञ्जाबाट छुटाउनुहोस्!5किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ;युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ।6मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु;मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो।म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।7म धेरै जनाको निम्ति चिन्ह भएको छु;तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।8मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ;दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु।9मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्;मलाई मेरो बल घटेको अवस्थामा नत्याग्नुहोस्!10किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्;अनि मलाई मार्न खोज्नेहरू एकसाथ मिलेर षड्यन्त्र गर्छन्।11तिनीहरूले भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ;त्यसलाई खेदेर पक्रौँ;किनकि त्यसलाई बचाउने कोही छैन।”12हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस्;हे परमेश्वर, मलाई सहायता गर्न चाँडो आउनुहोस्!13मलाई दोष लाउनेहरू शर्ममा परेर नाश भइजाऊन्;मलाई हानि पुर्याउन चाहनेहरूलाजमा र अपमानमा परून्।14तर मचाहिँ तपाईंमा सधैँ आशा गरिरहनेछु;म तपाईंको अझ धेरै प्रशंसा गर्नेछु।15मेरो मुखले तपाईंका धार्मिक कामहरूर तपाईंका उद्धारको कामहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्नेछु,यद्यपि मलाई तिनको बारेमा सबै कुरा कसरी भन्ने भनेर थाहा छैन।16हे सार्वभौम याहवेह, म तपाईंका महान् कार्यहरूको घोषणा गर्दै आउनेछु,म तपाईंको धार्मिक कार्यहरूको विषयमा घोषणा गर्नेछु,केवल तपाईंको धार्मिकताको म बयान गर्नेछु।17हे परमेश्वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ;र आजको दिनसम्मै म तपाईंका अचम्मका कामहरूको घोषणा गर्दछु।18हे परमेश्वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ;तबसम्म मलाई नत्याग्नुहोस्,जबसम्म अर्को पुस्तालाई र पछि आउने सबै मानिसहरूलाईतपाईंले गर्नुभएका महान् कामहरू र अचम्मका कुराहरू घोषणा गरी सक्दिनँ।19हे परमेश्वर, तपाईंका धार्मिकता आकाशसम्मै चुलिएको छ;तपाईंले महान् कामहरू गर्नुभएको छ।हे परमेश्वर, तपाईंजस्तो अरू को छ र?20यद्यपि तपाईंले मलाईधेरै र तिता कष्टहरू अनुभव गर्न दिनुभयो;तपाईंले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ,र पृथ्वीको गहिराइहरूबाटतपाईंले मलाई फेरि माथि ल्याउनुहुनेछ।21तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ,र मलाई फेरि सान्त्वना दिनुहुनेछ।22हे मेरा परमेश्वर, तपाईं विश्वासयोग्य हुनुभएको कारणम वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु;हे इस्राएलका पवित्र परमेश्वर,म सारङ्गी बजाएर तपाईंको प्रशंसा गर्नेछु,23मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्,म तपाईंको प्रशंसा गाउँछु;किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ।24मेरो जिब्रोले तपाईंका धार्मिक कार्यहरूको बारेमादिनभरि नै मानिसहरूलाई भन्नेछु;किनकि मेरो हानि गर्न चाहनेहरूशर्ममा र अन्योलमा परेका छन्।