भजनसंग्रह70
सङ्गीत निर्देशकको निम्ति, दावीदको बिन्ती भजन।
1हे परमेश्वर, मलाई बचाउनुहोस्;हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्!2मेरो प्राण लिन खोज्नेहरूसबै जना शर्ममा र अन्योलमा परून्;मेरो विनाश चाहनेहरूसबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्।3मलाई “खुच्चिङ! खुच्चिङ!” भन्दै ठट्टा उडाउनेहरू,लाजको कारण पछि फर्कून्।4तर तपाईंलाई खोज्नेहरू सबै,तपाईंमा रमाऊन् र आनन्दित होऊन्;तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्,“परमेश्वर महान् हुनुहुन्छ!”5तर म त गरिबी र अभावमा छु;हे परमेश्वर, मकहाँ चाँडो आउनुहोस्;तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ;हे याहवेह, ढिलो नगर्नुहोस्!