भजनसंग्रह72

सोलोमनको भजन।

1हे परमेश्‍वर, राजालाई तपाईंको न्याय,र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।2राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथर तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।
3पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्;पहाडहरूले धार्मिकताका फल ल्याऊन्।4उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्,र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्;उहाँले अत्याचारीहरूलाई नाश गरून्।5जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ,सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।6तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै,र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।7राजाको शासनकालमा धर्मीहरूको उन्‍नति होस्,र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।
8राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखिपृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।9राजाको सामु मरुभूमिमा बस्‍नेहरूले दण्डवत् गरून्,र उनका शत्रुहरूले धुलो चाटून्।10तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूलेउनलाई सलामी  ल्याऊन्;शेबा र सेबाका राजाहरूलेउनलाई भेटी चढाऊन्।11सबै राजाहरू उनको अगाडि निहुरिऊन्;र सबै राष्ट्रहरूले उनको सेवा गरून्।
12किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्;पीडितहरू जसको सहायता गर्ने कोही छैन।13दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्,र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।14उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्;किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्य छ।
15तिनी दीर्घायु होऊन्!तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्।तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्,र दिनभरि नै तिनलाई आशिष् देऊन्।16देशभरि नै प्रशस्त अन्‍न होस्;पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्।तिनको बाली लेबनानझैँ फस्टाओस्;र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।17तिनको नाम सदासर्वदा रहिरहोस्;सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्।तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्;र तिनलाई धन्यका भन्‍नेछन्।
18इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्!उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।19उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्;उहाँको महिमाले सारा पृथ्वी भरियोस्।आमेन! आमेन!
20यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्‍त हुन्छ।