भजनसंग्रह63
यहूदाको मरुभूमिमा हुँदा दावीदको भजन।
1हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ;म दिलोज्यानले तपाईंलाई खोज्दछु;पानी नभएको सुक्खा र बाँझो जमिनमा,मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।2पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु,र तपाईंको शक्ति र महिमालाई देखेको छु।3तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।4मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु,र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।5मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्ट हुनेछ;स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।6मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु;रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।7किनकि तपाईं मेरो सहायक हुनुहुन्छ;म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।8मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ;तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।9मलाई मार्न खोज्नेहरूचाहिँ नष्ट पारिनेछन्;तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।10तिनीहरू तरवारद्वारा मारिनेछन्;र स्यालहरूको आहारा हुनेछन्।11तर राजा परमेश्वरमा आनन्दित हुनेछन्;परमेश्वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्;जबकि झूटो बोल्ने मुख थुनिनेछ।