भजनसंग्रह64
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1हे मेरा परमेश्वर, मैले गुनासो गर्दा मेरो सोर सुन्नुहोस्;शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!2दुष्टहरूको गुप्त पासोहरूबाटकुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!3तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्,र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्।4तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्;तिनीहरूले डरैविना अचानक काँड हान्छन्।5तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्;तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्;तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र ?”6तिनीहरू अन्याय रच्छन् र भन्छन्,“हामीले सिद्ध योजना बनाएका छौँ!”मानिसको मन र हृदय साँच्चै धूर्त छ।7तर परमेश्वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्नुहुनेछ;तिनीहरू अचानक घाइते हुनेछन्।8उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ,र तिनीहरूलाई नष्ट पार्नुहुनेछ;तिनीहरूलाई देख्ने सबैले गिल्ला गर्दै टाउको हल्लाउनेछन्।9सबै मानिसहरू परमेश्वरसँग डराउनेछन्;तिनीहरूले परमेश्वरको कामको घोषणा गर्नेछन्;र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।10धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्,र उहाँमा शरण लिनेछन्;साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!