भजनसंग्रह62

सङ्गीत निर्देशकको निम्ति, यदूतूनका लागि, दावीदको भजन।

1परमेश्‍वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ;उहाँबाट नै मेरो मुक्ति आउँछ।2साँच्‍चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म कहिल्यै हार्नेछैनँ।
3तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ?ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई—तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?4साँच्‍चै मलाई मेरो उच्‍च स्थानबाट खसाल्नलाईतिनीहरूले योजना बनाएका छन्;तिनीहरू असत्यतामा रमाउँछन्,तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्,तर तिनीहरूको हृदयले सराप्छन्। सेला
5हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्;मेरो आशा उहाँबाटै आउँछ।6साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।7मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ  ;उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।8हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;आफ्ना हृदय उहाँको सामु पोख;किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।
9साँच्‍चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्;उच्‍च स्तरका मानिसहरू भ्रम मात्र हुन्।यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन;तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।10लुटपाट गर्ने काममा भरोसा नगर,अथवा चोरीका सामानहरूमा घमण्ड नगर;तिम्रो धनसम्पत्ति वृद्धि भए तापनित्यसमा तिम्रो हृदय नलगाओ!
11एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ,दुई पटक मैले सुनेको छु:“हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ;12हे प्रभु, अचुक प्रेम तपाईंमा छ।”“अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाईतिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”