भजनसंग्रह61
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको भजन।
1हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्;मेरो प्रार्थना सुनिदिनुहोस्।2जब मेरो हृदय धेरै व्याकुल हुन्छ,तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु;मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।3किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ,तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।4तपाईंको पालमा सदासर्वदा रहिरहन,र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्ने मेरो चाहना छ। सेला5किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ;तपाईंको नामको भय मान्नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।6राजाको आयु बढाइदिनुहोस्;पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।7उनी परमेश्वरको उपस्थितिमा सदासर्वदा राज गरून्;तपाईंको अचुक प्रेम र विश्वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!8तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछुर प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।