भजनसंग्रह60
सङ्गीत निर्देशकको निम्ति, “करारको लिली” लयमा आधारित, दावीदको मिक्ताम, जब उनले अराम नहरेम र आराम सोबाह, र नुनको बेँसीमा युद्ध गरे, तब योआबले 12 हजार एदोमीहरूलाई मारेर फर्के।
1हे परमेश्वर, तपाईंले हामीलाई त्यागिदिनुभएको छ, र हामीलाई तोडिदिनुभएको छ;तपाईं हामीसँग रिसाउनुभएको छ—अब हामीलाई पुनर्स्थापित गर्नुहोस्!2तपाईंले धर्तीलाई हल्लाउनुभएको छ, र त्यसलाई फटाएर खुल्ला पार्नुभएको छ;पृथ्वीका धाँदाहरू जोडिदिनुहोस्; किनकि त्यो हल्लिँदैछ।3तपाईंले तपाईंका मानिसहरूलाई अति कठिन समयहरू भोग्न दिनुभएको छ;तपाईंले हामीलाई पिएर धरमराइदिने मद्य दिनुभएको छ।4तपाईंको भय मान्नेहरूका लागि तपाईंले विजयको झण्डा उच्च पार्नुभएको छ,ताकि तिनीहरूले धनुबाट सुरक्षा पाउन सकून्। सेला5तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।6परमेश्वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:“विजयमा म शेकेमलाई विभाजन गर्नेछु,र सुक्कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।7गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो;एफ्राइम मेरो टोप हो,यहूदा मेरो राजदण्ड हो।8मोआब मेरो हात धुने भाँडो हो,एदोममा म आफ्नो जुत्ता फाल्नेछु;पलिश्तीमाथिको विजयमा म कराउँछु।”9किल्ला भएको सहरमा मलाई कसले पुर्याइदेला?कसले मलाई एदोमसम्म डोर्याउला?10हे परमेश्वर, तपाईं नै होइन, जसले हामीलाई अहिले त्याग्नुभएको छ,र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?11शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;किनकि मानिसको सहायता व्यर्थ छ।12परमेश्वरको सहायताद्वारा हामीले विजय प्राप्त गर्नेछौँ,र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।