भजनसंग्रह55
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल।
1हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्!2मलाई सुन्नुहोस्, र मलाई जवाफ दिनुहोस्।मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु,3मेरा शत्रुहरूको आवाजको कारणले,दुष्टहरूका धम्कीले गर्दा।किनकि तिनीहरूले ममाथि कष्ट ल्याएका छन्,र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्।4मेरो हृदय मभित्र धेरै पीडामा छ;मृत्युको त्रास ममा परेको छ।5डर र कम्पनले मलाई डुबाएको छ;त्रासले मलाई व्याकुल बनाएको छ।6मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त!म उडेर टाढा जानेथिएँ, र विश्राम लिनेथिएँ।7म उडेर धेरै टाढासम्म जानेथिएँ,र मरुभूमिमा बस्नेथिएँ। सेला8डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा,मेरो शरणस्थानतिर आतुरीसाथ जानेथिएँ।”9हे प्रभु, दुष्टहरूलाई खलबल्याइदिनुहोस्;तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्;किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु।10तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्;त्यस सहरभित्र दुष्टता र उपद्रव छन्।11सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्;त्यसका गल्लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन।12यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए,म त्यो सहन सक्नेथिएँ;यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए,म लुक्न सक्नेथिएँ।13तर त्यो त मजस्तै मानिस, तँ नै होस्,मेरो सहकर्मी, मेरो घनिष्ठ साथी,14जससँग मेरो एक समय मिठो सम्बन्ध थियो;मानिसहरूको भीडमा,हामी एकसाथ हिँड्थ्यौँ,परमेश्वरको भवनमा सँगै जान्थ्यौँ।15मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्;तिनीहरू चिहानमा जीवितै जाऊन्;किनकि तिनीहरूका बीच दुष्टताले बास गर्दछ।16तर मचाहिँ परमेश्वरलाई पुकार्छु;र याहवेहले मलाई बचाउनुहुन्छ।17साँझ, बिहान र दिउँसोदुःख-कष्टमा म उहाँलाई पुकार्छु,र उहाँले मेरो सोर सुन्नुहुन्छ।18विरोधीहरूका विरुद्धमा लडिरहेको युद्धबाटउहाँले मलाई विनाचोट बचाउनुहुन्छ,यद्यपि मेरो विरुद्धमा धेरै विरोधीहरू छन्।19परमेश्वर, जो सनातनदेखि सिंहासनमा विराजमान हुनुहुन्छ,जो कहिल्यै पनि बदलिनुहुन्न,उहाँले तिनीहरूलाई सुन्नुहुनेछ र तिनीहरूलाई नम्र तुल्याउनुहुनेछ;किनकि तिनीहरूले परमेश्वरको डर मान्दैनन्।20मेरा सहकर्मीले उसका आफ्नै मित्रहरूलाई आक्रमण गर्छ;उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्छ।21उसको मुखको बोली घिउजस्तै चिप्लो छ,तर उसको हृदयमा युद्ध हुन्छ;उसका कुराहरू तेलभन्दा चिप्ला छन्,तर ती नाङ्गा तरवारहरू हुन्।22आफ्नो बोझ याहवेहमा राख;र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।उहाँले कहिल्यैधर्मीहरूलाई हार्न दिनुहुनेछैन।23तर हे परमेश्वर, तपाईंले दुष्टहरूलाईविनाशको खाडलमा खसाल्नुहुनेछ;हत्यारा र छली मानिसहरूतिनीहरूका आयुको अवधिको आधा समयसम्म पनि बाँच्नेछैनन्।तर मचाहिँ तपाईंमा भरोसा राख्दछु।