भजनसंग्रह54
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल —जब जीपीहरू शाऊलकहाँ गएर भनेका थिए, “के दावीद हामीहरूका माझमा लुकेका छैनन् र?”
1हे परमेश्वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्;तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!2हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!3मलाई परदेशीहरूले आक्रमण गर्छन्;मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्—ती मानिसहरूले परमेश्वरको श्रद्धा गर्दैनन्। सेला4हेर, परमेश्वर मेरा सहायक हुनुहुन्छ;प्रभुले नै मलाई सहारा दिनुहुन्छ।5मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्;तपाईंको विश्वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!6म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु;हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।7तपाईंले मलाई मेरा सबै सङ्कष्टहरूबाट छुटाउनुभएको छ;र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।