भजनसंग्रह56

सङ्गीत निर्देशकको निम्ति, टाढाको बाजको रूखको ढुकुरको लयमा आधारित, दावीदको मिक्ताम; जब पलिश्तीहरूले उनलाई गातमा पक्रेका थिए।

1हे परमेश्‍वर, ममाथि दया देखाउनुहोस्;किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्;तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्।2मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्;आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्।
3जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।4परमेश्‍वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु—म उहाँमा भरोसा राख्छु र डराउँदिनँ,मरणशील मानिसले मलाई के गर्न सक्छ र?
5तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्;तिनीहरूका सबै योजनाहरू मेरो हानिको लागि हुन्छन्।6मलाई मार्ने आशामातिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्;तिनीहरूले मेरा कदमहरू नियाल्छन्।7तिनीहरूका दुष्‍टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्;हे परमेश्‍वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्!
8तपाईंले मेरो विलापको लेखा राख्नुहोस्;मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्—तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?9जब म सहायताको निम्ति पुकार्छु,तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्।यस कुराबाट परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भन्‍ने कुरा म जान्दछु।
10परमेश्‍वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु,याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—11परमेश्‍वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ।मलाई मरणशील मानिसले के गर्न सक्छ र?
12हे मेरा परमेश्‍वर, मैले तपाईंसँग भाकलहरू गरेको छु;मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु;13किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ;र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ,ताकि म परमेश्‍वरको सामुजीवनको ज्योतिमा हिँड्न सकूँ।