भजनसंग्रह53

सङ्गीत निर्देशकको निम्ति, महलत शैली, दावीदको मस्किल। 

1मूर्खले आफ्नो मनमा भन्छ,“परमेश्‍वर छँदैछैन।”तिनीहरू भ्रष्‍ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ;असल काम गर्ने कोही पनि छैन।
2परमेश्‍वरले स्वर्गबाटसबै मानिस जातिलाई हेर्नुहुन्छयो जान्‍नलाई कि कोही त समझदार होला,जसले परमेश्‍वरको खोजी गर्दछ?3तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्;असल गर्ने कोही छैन,एक जना पनि छैन।
4के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्?रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;तिनीहरूले परमेश्‍वरलाई कहिल्यै पुकार्दैनन्।5तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन,त्यहीँ नै तिनीहरू डरले व्याकुल भए।परमेश्‍वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ;तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ;किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
6अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!जब परमेश्‍वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।