भजनसंग्रह50
आसापको भजन।
1याहवेह, सर्वशक्तिशाली परमेश्वर बोल्नुहुन्छ,र पृथ्वीका मानिसहरूलाईसूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ।2सुन्दरतामा सियोनबाट सिद्ध,परमेश्वर प्रकाशमान् हुनुभएको छ।3हाम्रा परमेश्वर आउनुहुन्छ,र शान्त बस्नुहुनेछैन;उहाँको अगि भस्म पार्ने आगो छ,र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ।4आफ्ना मानिसहरूका न्याय गर्नपरमेश्वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ:5“मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ,जसले बलिद्वारा मसँग करार बाँधेका छन्।”6स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ;किनकि उहाँ नै न्यायको परमेश्वर हुनुहुन्छ। सेला7“हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु;हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु:म परमेश्वर, तेरा परमेश्वर हुँ।8म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्नँ,वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्।9मलाई तेरो गोठबाट साँढेको,वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन;10किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्,र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्।11म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु;भूमिका सबै प्राणीहरू मेरै हुन्।12यदि म भोकै भए तापनि तँलाई भन्नेथिइनँ;किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्।13के म साँढेहरूको मासु खान्छु?अथवा बोकाहरूको रगत पिउँछु र?14“परमेश्वरको निम्ति धन्यवादको बलि चढा,र सर्वोच्च परमेश्वरलाई गरेको तेरो भाकल पूरा गर्।15सङ्कष्टको दिनमा मलाई पुकार्;म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।”16तर परमेश्वरले दुष्टलाई भन्नुहुन्छ:“तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ?अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ?17मेरो शिक्षालाई तैँले घृणा गर्छस्,र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्।18जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्;व्यभिचारीहरूसँग सहभागी हुन्छस्।19तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्,र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्।20तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्;तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्।21तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ;तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्;तर अब म तँलाई हप्काउनेछु,र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।22“हे परमेश्वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर;नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु,र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन:23धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्,जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु।”