भजनसंग्रह49
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन।
1हे सबै जाति-जातिहरू हो, यो सुन;हे संसारका बासिन्दाहरू हो, सुन;2साना र ठूला दुवै,धनी र गरिब सबै ध्यान देओ:3मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ;मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ।4म हितोपदेशमा ध्यान लगाउनेछु;वीणा बजाएर उखानको अर्थ खोल्नेछु।5दुष्ट छलीहरूले मलाई घेर्दा,दुःखका दिनहरू आउँदा म किन डराउने,6तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्,र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्।7कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन,न त परमेश्वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ।8जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ;कसैको धनले तिरेर कहिल्यै पुग्दैन।9कोही पनि यस्तो मानिस छैन, जो सधैँ जीवित रहन्छ,र कहिल्यै कुहुनुपर्दैन ।10किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्;मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्,तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्।11तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ;पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्,यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए।12मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्;तिनीहरू नष्ट हुने पशुजस्तै छन्।13आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ,र तिनीहरूको कुराहरूलाई समर्थन गरेरतिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला14भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ;मृत्यु तिनीहरूको गोठालो हुनेछ(तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)।तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ;तिनीहरूका राजकीय महलदेखि टाढा।15तर परमेश्वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ;निश्चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ।16नडराओ, जब अरू कोही धनी हुन्छन्,जब तिनीहरूको घरको गौरव बढ्छ;17किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्;तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन।18तिनीहरूले जीवित हुँदा आफूलाई धन्यको ठाने तापनि—र तिम्रो उन्नति हुँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—19तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्;जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्।20जोसँग धनसम्पत्ति छ, तर समझशक्ति छैन भनेती मानिसहरू नष्ट हुने पशुजस्तै हुन्।