भजनसंग्रह51
सङ्गीत निर्देशकको निम्ति, दावीदले बतशेबासँग व्यभिचार गरेपछि नातान अगमवक्ता तिनीकहाँ आएपछिको दावीदको भजन।
1हे परमेश्वर, तपाईंको अचुक प्रेमअनुसारममाथि दया गर्नुहोस्;तपाईंको महान् करुणाअनुसारमेरा अपराधहरू मेटिदिनुहोस्!2मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्,र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्!3किनकि मेरा अपराधहरू म जान्दछु;र मेरो पाप सधैँ मेरै सामु छ।4मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु,अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु;यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ,र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।5निश्चय नै म जन्मँदै पापी थिएँ,मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।6तपाईंले गर्भमै विश्वासयोग्यता चाहना गर्नुहुन्छ;तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ।7हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु;मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।8मलाई हर्ष र आनन्दका कुरा सुन्न दिनुहोस्;तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!9मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्,र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!10हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!11तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्,र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!12तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!13तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु,ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्।14हे मेरा मुक्तिदाता परमेश्वर,मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस्र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु।15हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्,र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।16बलिदानहरूमा तपाईं खुशी हुनुहुन्न, नत्रता म बलिदान चढाउनेथिएँ;तपाईं होमबलिमा प्रसन्न हुनुहुन्न।17हे परमेश्वर, तोडिएको मन नै मेरो बलिदान हो; हे परमेश्वर, तपाईंले चूर्ण र पश्चात्तापीहृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्न।18तपाईंको कृपाले सियोनको समृद्धि होस्,यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।19तब तपाईं धर्मीहरूका बलिदानहरूमा प्रसन्न हुनुहुनेछ,सिङ्गो चढाइएका होमबलिहरूमा;तब तपाईंको वेदीमा साँढेहरू बलि चढाइनेछन्।