भजनसंग्रह5

सङ्गीत निर्देशकको निम्ति बाँसुरीसहित गाइने, दावीदको भजन।

1हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्;मेरो सुस्केरामा ध्यान दिनुहोस्।2हे मेरा राजा, मेरा परमेश्‍वर,सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्;किनकि तपाईंलाई म प्रार्थना गर्दछु।
3हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ;सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,र आशामा प्रतीक्षा गर्दछु।4तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न;दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।5घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्।दुष्‍ट काम गर्नेहरू सबैलाईतपाईं घृणा गर्नुहुन्छ।6झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ;रक्तपात गर्ने र छलीहरूलाईतपाईं याहवेहले घृणा गर्नुहुन्छ।7तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारातपाईंको भवनभित्र आउनेछु;तपाईंको पवित्र मन्दिरतिरम श्रद्धासाथ दण्डवत् गर्नेछु।
8हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्;मेरा शत्रुहरूका कारण,तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।9तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन;तिनीहरूका हृदय विनाशले  भरिएको छ।तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ;तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।10हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्;तिनीहरूका आफ्नै जाल पतनको कारण होस्।तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्;किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।11तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्;र तिनीहरू आनन्दले गीत गाऊन्।तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्;र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।
12निश्‍चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ;तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्‍टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।