भजनसंग्रह4
सङ्गीत निर्देशकको निम्ति तारवाद्यको साथ, दावीदको भजन।
1हे मेरा धार्मिक परमेश्वर,मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्।मेरो सङ्कष्टबाट मलाई मुक्त गर्नुहोस्;ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्।2हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ?तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला3याद राख: याहवेहले आफ्नो निम्ति विश्वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ;मैले पुकार गर्दा याहवेहले सुन्नुहुन्छ।4रिसमा पर्दा पाप नगर।जब तिमी ओछ्यानमा पल्टन्छौ,आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला5धार्मिकताका बलिदानहरू चढाओ,र याहवेहमाथि भरोसा राख।6धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?”हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!7तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढीआनन्दले मेरो हृदय भरिदिनुभएको छ।8म शान्तिसँग पल्टिनेछु र निदाउनेछु;किनकि हे याहवेह, तपाईंले मात्रमलाई सुरक्षित राख्नुहुन्छ।