भजनसंग्रह6

सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ, दावीदको भजन।

1हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्;न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।2हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु;हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।3मेरो प्राण गहिरो वेदनामा छ;कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?
4हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्;तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।5मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्,चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?
6मेरो पीडाले गर्दा म थाकिसकेको छु।रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ।र मेरो आँसुले सिरानी डुबाउँछ।7मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्;मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।
8हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ;किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।9याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ;याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।10मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्;तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।