भजनसंग्रह46

सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन।

1परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।2यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;3चाहे समुद्र गर्जोस् र फीँज काढोस्,र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला
4एउटा नदी छ, जसको प्रवाहले परमेश्‍वरको नगर,सर्वोच्‍च परमेश्‍वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।5परमेश्‍वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन;परमेश्‍वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।6राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्।परमेश्‍वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।
7सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला
8आओ र याहवेहले गर्नुभएका कामहरू हेर,उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।9पृथ्वीको छेउसम्मैउहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ;उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ;उहाँले रथहरूलाई  आगोमा जलाउनुहुन्छ।10उहाँले भन्‍नुहुन्छ, “शान्त रहो, र म नै परमेश्‍वर हुँ भनी जान;म राष्ट्रहरूको बीचमा उच्‍च पारिनेछु,म पृथ्वीमा उचालिनेछु।”
11सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला