भजनसंग्रह45
सङ्गीत निर्देशकको लागि “लिली फूल” को रागमा आधारित, कोरहका छोराहरूबाट मास्किल। विवाहको गीत।
1जब म राजाको निम्ति गीत गाउँदछु;सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ;मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ।2तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्ठ हुनुहुन्छ;र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्;किनकि परमेश्वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।3हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्;प्रताप र वैभव धारण गर्नुहोस्।4तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्;सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्;तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्।5तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्;राष्ट्रहरू तपाईंको चरणमा झुकून्।6हे परमेश्वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ;न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ।7तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ;यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दाउच्च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।8तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्नाले सुगन्धित छन्;हस्तीदन्तले सिँगारिएका राजमहलबाटतारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ।9तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्;तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।10हे कुमारी, सुन, ध्यान देऊ र विचार गर:तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स!11तिम्रो सुन्दरताले राजा मोहित होऊन्;उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्।12टायरकी छोरीहरू उपहार लिएर आउनेछन्;धनी मानिसहरूले तिम्रो कृपादृष्टि खोज्नेछन्।13राजकुमारी राजमहलमा ऐश्वर्यमयी छिन्;तिनको वस्त्र सुनले जडिएको छ।14तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्याइन्छिन्;तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्,जो तिनीसँगै रहनलाई ल्याइन्छन्।15हर्ष र आनन्दका साथ डोर्याइँदै,तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्।16तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्;तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ।17म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु;यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।