भजनसंग्रह47
सङ्गीत निर्देशकको निम्ति, कोरहको छोराहरूका भजन।
1हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ;उच्च सोरले परमेश्वरको निम्ति जयजयकार गर!2सर्वोच्च याहवेह कस्तो महान् हुनुहुन्छ,सारा पृथ्वीभरिका महाराजा।3उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा,र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।4उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्नुभयो,याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला5परमेश्वर आनन्दको सोरसित,याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।6परमेश्वरको निम्ति गीत गाओ, गीत गाओ;हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!7किनकि परमेश्वर सारा पृथ्वीका राजा हुनुहुन्छ;उहाँको निम्ति प्रशंसाको भजन गाओ!8परमेश्वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ;परमेश्वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ।9अब्राहामका परमेश्वरका मानिसहरूझैँराष्ट्रहरूका श्रेष्ठ व्यक्तिहरू भेला भएका छन्;किनकि पृथ्वीका शासकहरू परमेश्वरकै हुन्;परमेश्वर अति उच्च हुनुहुन्छ।