भजनसंग्रह44
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको मस्किल।
1हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौँ;हाम्रा पितापुर्खाहरूले हामीलाई भनेका छन्,तपाईंले प्राचीन कालमा,उनीहरूका समयमा के-के कामहरू गर्नुभयो।2तपाईंले आफ्नै हातले जाति-जातिहरूलाई धपाइदिनुभयो,र हाम्रा पितापुर्खाहरूलाई बसाल्नुभयो;तपाईंले जाति-जातिहरूलाई सताउनुभयो,र हाम्रा पितापुर्खाहरूलाई वृद्धि गराउनुभयो।3तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्,न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्;तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुरालेर तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए;किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।4तपाईं मेरा राजा र मेरा परमेश्वर हुनुहुन्छ;जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।5तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ;तपाईंको नामद्वारा नै हाम्रा वैरीहरूलाई कुल्चन्छौँ।6म आफ्नो धनुमा भरोसा गर्दिनँ,मेरो तरवारले मलाई विजय गराउँदैन;7तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ;तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।8दिनभरि नै हामी आफ्ना परमेश्वरमा गर्व गर्छौँ,र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला9तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ;तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ।10तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ;र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।11तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ;र हामीलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नुभएको छ।12तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ;तिनीहरूको बिक्रीबाट तपाईंलाई केही फाइदा भएको छैन।13हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कारर हाँसोको पात्र बनाउनुभएको छ;छिमेकीहरूका बीचमा हामीलाई हाँसोको पात्र तुल्याउनुभएको छ।14तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ;मानिसहरू हामीलाई देखेर टाउको हल्लाउँछन्।15मेरो गिल्ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले,बदला लिने शत्रुहरूका कारणले,16मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ,र मेरो अनुहार लाजले ढाकिएको छ।17यी सबै कुरा हामीमाथि परिआएका छन्;यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ,हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ।18हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्;हाम्रा पाइलाहरू तपाईंका मार्गबाट तर्किएका छैनन्।19तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्ने ठाउँ बनाउनुभयो,र हामीलाई घोर अन्धकारले ढाक्नुभयो।20यदि हाम्रा परमेश्वरको नाम हामीले बिर्सिएका छौँ भने,अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने,21के परमेश्वरले त्यो कुरा जान्नुहुने थिएन र?किनकि उहाँले हाम्रा हृदयका गुप्त कुराहरू समेत जान्नुहुन्छ।22तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ;हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।23हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ?जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्।24किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छर हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ?25हामी धुलोसम्मै झारिएका छौँ;हाम्रो पेट जमिनमै टाँसिसकेको छ।26उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्;तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!