भजनसंग्रह41

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्;याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ।2याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ।तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्।उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्‍न।3याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ,र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।
4मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्;मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”5मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्,“त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?”6जब तीमध्ये कोही मलाई भेट्न आउँछ,त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ;तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।
7मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्;तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्,8“त्यसलाई घातक रोग लागेको छ;त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।”9मेरो घनिष्‍ठ मित्रले,जसलाई मैले भरोसा गरेँ,जसले मेरै भोजन खान्थ्यो,त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।
10तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्;मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ!11म जान्दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ;किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्।12मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छर मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ।
13याहवेह, इस्राएलका परमेश्‍वरलाई,सदासर्वदा प्रशंसा होस्!आमेन! आमेन!