भजनसंग्रह40

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्‍नुभयो।2उहाँले मलाई खाडलबाट,दलदले हिलोबाट तानेर निकाल्नुभयो;उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो;र मलाई उभिन स्थिर स्थान दिनुभयो।3उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो;हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत।धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्‍नेछन्,र उहाँमाथि भरोसा राख्नेछन्।
4धन्य हो त्यो मानिस,जसले याहवेहमा आफ्नो भरोसा राख्दछ,जसले घमण्डीहरूमा भरोसा राख्दैनन्,जो झूटो देवहरूपट्टि  लाग्दैनन्।5हे याहवेह, मेरा परमेश्‍वर,तपाईंले गर्नुभएका अद्‌भुत कार्यहरू धेरै छन्;तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्।तपाईंको तुलना कसैसँग गर्न सकिँदैन;मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्‍यो भने,ती घोषणा गर्न असंख्य हुनेछन्।
6तपाईंले बलिदान र भेटी चाहनुभएन,तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ,तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।7तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु,धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ।8म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्‍वर;तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
9म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु;म मेरा ओठहरू बन्द गर्नेछैनँ;हे याहवेह, तपाईंले यो जान्‍नुहुन्छ।10तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ;तपाईंको विश्‍वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु।तपाईंको अचुक प्रेम र तपाईंको सत्यताम ठूलो महासभामा लुकाउँदिनँ।
11हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्;तपाईंको अचुक प्रेम र तपाईंको विश्‍वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।12किनकि असंख्य कष्‍टहरूले मलाई चारैतिर घेरेका छन्;मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ।ती मेरा शिरका केशभन्दा बढी छन्;यसैले मेरो हृदय हताश भएको छ।13हे याहवेह, मलाई बचाउन प्रसन्‍न हुनुहोस्;हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!
14मेरो प्राण लिन खोज्नेहरूसबै जना शर्ममा र अन्योलमा परून्;मेरो विनाश चाहनेहरू सबैपिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!15मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्‍नेहरूसबै लाजले गर्दा व्याकुल होऊन्।16तर तपाईंलाई खोज्नेहरू सबै,तपाईंमा रमाऊन् र आनन्दित होऊन्;तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्,“याहवेह महान् हुनुहुन्छ!”
17तर म त गरिबी र अभावमा छु;प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्।तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ;हे मेरा परमेश्‍वर, ढिलो नगर्नुहोस्।