भजनसंग्रह42
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूका मस्किल।
1जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु।2मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ।म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ?3मेरो आँसु दिनरातमेरो भोजन बनेको छ,मानिसहरू निरन्तर मलाई भनिरहन्छन्,“खोइ त तेरो परमेश्वर?”4मेरो हृदयका कुराहरू पोखाउँदा,यी कुराहरू म सम्झन्छु:कसरी ती उत्सव मनाउने जन समूहहरूसँगजयजयकार र धन्यवादसाथ,महान् परमेश्वरको सुरक्षामा म अगुवा भएरतिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ।5हे मेरो प्राण, तँ किन उदास हुन्छस्?मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्?परमेश्वरमा आशा राख्,हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।6मेरो प्राण मभित्र उदास भएको छ;यसकारण म यर्दनको देशबाटहेर्मोन पर्वत—मिसारको डाँडाबाटतपाईंलाई सम्झनेछु।7तपाईंको छाँगाहरूका गर्जनमा,सागरले सागरलाई पुकार्दछ;तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूलेमलाई छोपेका छन्।8याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ,राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ,जुनचाहिँ मेरो जीवनको परमेश्वरलाई प्रार्थना हो।9परमेश्वर मेरा चट्टानलाई म भन्छु,“तपाईंले मलाई किन बिर्सनुभएको?शत्रुको थिचोमिचोले गर्दाम किन शोक गरेर हिँडिरहनुपर्ने?”10मेरा हाडहरूमा गहिरो चोट पर्छ,जब मेरा वैरीहरूलेमलाई गिल्ला गर्दै दिनभरि भन्छन्,“खोइ त तेरो परमेश्वर?”11हे मेरो प्राण, तँ किन उदास हुन्छस्?हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?परमेश्वरमा आशा राख्,हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।