भजनसंग्रह39
सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन।
1मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु,र मेरो जिब्रोलाई पापबाट रोक्नेछु;दुष्टहरूको उपस्थितिमा,म आफ्नो मुखमा मोहोलो लगाएर बस्नेछु।”2तर जब मैले पूर्ण मौन धारण गरेँ,तब असल कुरा पनि बोलिनँ,तर मेरो पीडा झन् बढेर गयो।3मेरो हृदय मभित्र जलिरह्यो;मैले मनन गर्दा, आगो दन्कियो;तब मैले मेरो जिब्रोले बोलेँ:4“हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्,र मेरो जीवन अब कति दिन बाँकी छ;मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्!5तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ;तपाईंको दृष्टिमा मेरो जीवनको आयु नगण्य छ।हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो;तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला6“निश्चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्डुल गर्छ;व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्;तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।7“हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ?मेरो आशा त तपाईंमा नै छ।8मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्;मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।9म मौन थिएँ; मैले मेरो मुख खोलिनँ;किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।10तपाईंको विपत्ति मबाट हटाउनुहोस्;तपाईंको हातको मुक्काबाट म पराजित भएको छु।11जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ;तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्ट पार्नुहुन्छ—साँच्चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला12“हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्,मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्;मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्;किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु,मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।13मेरो अन्त हुनुभन्दा अगि नैमबाट क्रोधको दृष्टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”