भजनसंग्रह37

दावीदको भजन।

1दुष्‍ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान,वा दुष्‍ट काम गर्नेहरूप्रति डाही नहोऊ;2किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्,हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्‍ट हुनेछन्।
3याहवेहमा भरोसा राख, र भलाइ गर;ताकि देशमा आनन्दसाथ बस्‍न सक।4याहवेहमा आनन्दित होऊ;र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
5तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प;उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:6उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमानर तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
7याहवेहको सामु मौन भई बस,र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर;जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्,तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।
8रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क;झर्को नमान—यसले खराबीतिर मात्र डोर्‍याउँछ।9किनकि दुष्‍टहरू नष्‍ट पारिनेछन्;तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्।
10थोरै समय मात्र बाँकी छ, र दुष्‍टहरू रहनेछैनन्;तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्।11तर नम्रहरूले देश अधिकार गर्नेछन्,र शान्ति र प्रशस्ततामा जिउनेछन्।
12दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्,र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्;13तर प्रभु दुष्‍टहरूमाथि हाँस्‍नुहुन्छ;किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्‍नुहुन्छ।
14दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न,र सत्यको बाटोमा जिउनेहरूलाई मार्न,दुष्‍टहरूले तरवार थुत्छन्,र धनुमा ताँदो चढाउँछन्।15तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ,र तिनीहरूका धनुहरू भाँचिनेछन्।
16दुष्‍टहरूका धेरै सम्पत्तिभन्दाधर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;17किनकि दुष्‍टहरूको शक्ति तोडिनेछन्,तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ।
18निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्,र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ।19आपत्‌को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्;अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
20तर दुष्‍टहरूचाहिँ नष्‍ट हुनेछन्:याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनितिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्।
21दुष्‍टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्;तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्।22याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्;तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्‍ट हुनेछन्।
23याहवेहमा आनन्दित हुने मानिसकापाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;24त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन;किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ।
25म जवान थिएँ र अहिले वृद्ध भएको छु;तर धर्मी जनहरू त्यागिएकावा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।26तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्‍ला मनले दिन्छन्;तिनीहरूका सन्तान आशिषित हुनेछन्।
27दुष्‍टताबाट फर्क र भलाइ गर;अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ।28किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ,र आफ्ना विश्‍वासयोग्यहरूलाई त्याग्नुहुन्‍न।तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्;तर दुष्‍टका सन्तानहरू नष्‍ट भएर जानेछन्।29धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्,र त्यसमा सदासर्वदा बास गर्नेछन्।
30धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्,र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।31त्यसको हृदयमा त्यसका परमेश्‍वरको व्यवस्था हुन्छ;त्यसका खुट्टाहरू चिप्लँदैनन्।
32दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ,र त्यसलाई मार्ने उद्देश्य राख्दछ;33तर याहवेहले धर्मी जनलाई दुष्‍टहरूको शक्तिमा छोड्नुहुनेछैन,न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ।
34याहवेहमा आशा गरर उहाँकै मार्गमा हिँड;प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ।दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ।
35मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाईआफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु,36तर त्यो चाँडै मर्‍यो, र यसको ठाउँमा केही पनि रहेन;यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ।
37निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर;किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्।38तर सबै पापीहरू नष्‍ट हुनेछन्;दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन।
39धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ;सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ।40याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ;उहाँले तिनीहरूलाई दुष्‍टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ;किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।