भजनसंग्रह36

सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन।

1दुष्‍टका पाप सम्बन्धी,मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ:तिनीहरूका आँखामापरमेश्‍वरको डर छैन।
2तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्,तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।3तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्;तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।4तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्;तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्;र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।
5हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ,तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ।6तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्;तपाईंको न्याय गहिरो समुद्रजस्तै छ।हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ।7हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ!मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।8तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्;तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।9किनकि जीवनको स्रोत तपाईंसँग छ;तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।
10तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेमर सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।11अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्,न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।12दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्;तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।