भजनसंग्रह33

1हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ;सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ।2वीणा बजाएर याहवेहको प्रशंसा गर;दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ।3उहाँको निम्ति एउटा नयाँ गीत गाओ;निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर।
4किनकि याहवेहको वचन ठिक र सत्य छ;उहाँ आफ्ना सबै कामहरूमा विश्‍वासयोग्य हुनुहुन्छ।5याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ;उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ।
6याहवेहको वचनद्वारा आकाशहरू बनिए,उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू  बनिए।7उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ;उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ।8सारा पृथ्वीले याहवेहको डर मानोस्;संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्।9किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो;उहाँको आज्ञाले पृथ्वी स्थिर भयो।
10याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ;उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ।11तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्;उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।
12धन्यको हो त्यो राष्ट्र, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ,ती प्रजा, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।13याहवेहले स्वर्गबाट तल हेर्नुहुन्छ;उहाँले सबै मानव-जातिलाई देख्नुहुन्छ।14उहाँले आफ्नो वासस्थानबाटतल पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ।15उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ,तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।
16कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन;कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन।17घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ;त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।18तर याहवेहको नजर उहाँका भय मान्‍नेहरूमाथि रहन्छ;तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,19तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउनर अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।
20हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ;उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।21उहाँमा नै हाम्रा हृदय रमाउँछन्;किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।22हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार,तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।