भजनसंग्रह34

अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन।

1हर समय म याहवेहलाई स्तुति गर्नेछु;उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।2याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ;कष्‍टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।3मसँगसँगै याहवेहको महिमा गर;हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ।
4मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो,उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।5उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्;तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।6यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो;उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो।7याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूकाचारैतिर सुरक्षाको घेरा लगाउँछन्,र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
8याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ!धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।9हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान;किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।10जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्;तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।11हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन।म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।12तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ,दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने13आफ्नो जिब्रोलाई खराब कुरादेखिर आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!14दुष्‍टताबाट अलग बस र भलाइ गर;शान्ति खोज, र त्यसको पछि लाग।
15याहवेहको नजर धर्मीहरूमाथि रहन्छ,र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्।16तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ,अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।
17धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ;तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।18याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्,तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;20याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ;तिनमा एउटै हाड पनि भाँचिनेछैन।
21खराबीले दुष्‍टलाई मार्दछ;धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।22याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ;उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।