भजनसंग्रह32

दावीदको मस्किल। 

1धन्य हो त्यो मानिस,जसका अपराधहरू क्षमा भएका छन्;जसका पापहरू ढाकिएका छन्।2त्यो मानिस धन्यको हो,जसको पापको लेखा याहवेहले राख्नुहुन्‍न,जसको मनमा कुनै छलकपट छैन।
3जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,तब मेरो दिनभरिको विलौनाले गर्दामेरा हाडहरू मक्‍किए।4किनकि दिनराततपाईंको बाहुलीको भार ममाथि रह्‍यो;मेरो शरीरको शक्तिगर्मीको तापलेझैँ सुकिगएको छ। सेला
5तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,र मेरो अधर्म लुकाइ राखिनँ।मैले भनेँ, “म याहवेहको सामुमेरो अपराधहरू स्वीकार गर्नेछु।”र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
6यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्;निश्‍चय नै उर्लेको डरलाग्दो भेललेतिनीहरूलाई छुनेछैन।7तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईंले मलाई सङ्कष्‍टबाट रक्षा गर्नुहुन्छ;तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला
8म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;म तँलाई सल्‍लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।9घोडा वा खच्‍चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन,जसलाई रोक्न लगामर डोकरी चाहिन्छ,नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।10दुष्‍टहरूले धेरै कष्‍ट भोग्छन्,तर याहवेहमा भरोसा राख्नेहरूलाईउहाँको अचुक प्रेमले चारैतिर घेर्दछ।
11हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ;सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!