भजनसंग्रह28

दावीदको भजन।

1हे याहवेह, म तपाईंलाई पुकार्दछु;तपाईं मेरा चट्टान हुनुहुन्छ,मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्;किनकि यदि तपाईं मौन रहनुभयो भने,म चिहानमा पर्नेहरूजस्तै हुनेछु।2मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा,मदतको निम्ति मैले तपाईंलाई पुकार्दा,तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्‍नुहोस्।
3मलाई दुष्‍टहरूसित मर्नलाई नलैजानुहोस्;ती दुष्‍ट काम गर्नेहरूसित,जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्,तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्‍याउने योजना गर्छन्।4तिनीहरूका काम र तिनीहरूले गरेकादुष्‍ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्;तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्;र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।
5किनकि तिनीहरूले याहवेहका कामहरू,र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्;उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ,र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन।
6याहवेहलाई प्रशंसा होस्;किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्‍नुभएको छ।7याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;मेरो हृदय आनन्दले उफ्रन्छ,र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
8याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ,र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्‍ला हुनुहुन्छ।9तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्;तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।